
मंसिर १८, सुर्खेत
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले वजेट कर्णाली प्रदेशको बजेट कार्यान्वयनमा कुनै बाहना बाजी नचल्ने र आफुले स्वीकार नगर्ने बताएका छन् ।
प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रममा बोल्दै मुख्य मन्त्री शाहीले भने “तपाँईहरु शतप्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्यका साथ काम सुरु गरिहाल्नुहोस्, अव बाहना चल्दैन र स्वीकार गरिदैन, कर्णालीका जनताको विकासको चाहना पूरा गराउने तपाँईहरुको जिम्मेवारी तपाँईहरु पुरा गर्नुहोस्, सरकार आफ्नो जिम्मेवारी पूरा गर्ने तयारीमा छ । ”
भौतिक पुर्वाधार विकास मन्त्रीको समेत जिम्मेवारी हेरीरहेका मुख्यमन्त्री शाहीले चालु आर्थिक वर्षको प्रगति उदाहरणीय हुनुपर्ने बारेमा मातहतका सबै कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
मन्त्रालयले गरेका कामको आधारमा मूल्याँकन हुने वताउदै मुख्यमन्त्री शाहीले कार्यालयमा वसेर फाईलमा हस्ताक्षर गर्ने र निर्देशन मात्र दिने कार्यालय प्रमुखको कार्यशैली सच्च्याउनुपर्नेमा बताएका छन् ।
फिल्डमा खट्नुहोस, परिणाममुखी काम गर्नुहोस, निर्माण व्यवसायीको भरमा मात्र आयोजना नछोडनुस्, जनतालाई हरेक कामको जानकारी दिएर विकास र दिगोपनाको बारेमा सँगसँगै खबरदारी गर्न लाग्नुहोस् ।
२५ वटा कार्यालय सँग कार्य सम्पादन सम्झौता
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको चालू आर्थिक वर्षको पहिलो चौमासिक समीक्षा कार्यक्रममा कर्णालीका २५ वटै कार्यालय प्रमुख र सचिव वीच कार्य सम्पादन सम्झौता गरेको छ ।
सरकारले पनि मन्त्रालयका सचिवहरुसँग कार्य सम्पादन सम्झौता गरेको छ । कर्णालीको विकासमा हुने ढिलासुस्ति र कामको परिणाम नदेखिन अवस्था यसबाट अन्त्य हुने र जनताले विकासको अनुभूति गर्ने आशा प्रदेश सरकारले गरेको छ ।










